उत्तरगया गाउँपालिका अध्यक्षको गुनासो : घन्टौं कुर्दा पनि संघीय सरकारबाट सुनुवाइ भएन
kendrabindu.com · Fri Aug 28 02:20:48 GMT 2026

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित क्षेत्रमा उद्धारमा संघीय सरकारबाट सहयोग नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले मरणासन्न घाइतेलाई हेलिकप्टरबाट उद्धारका लागि प्रधानमन्त्री कार्यालयसहित विभिन्न निकायसँग समन्वय गर्दा पनि सुनुवाइ नभएको बताएका हुन्। उनका अनुसार घाइतेलाई कालिकास्थान–जीवजीवे अस्पताल हुँदै १० घण्टापछि धुन्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको थियो।
नदी किनारमा ठूलो संख्यामा शव रहेको र कतिपय शव परिवारका सदस्यले पहिचान गरिसकेको उनले बताएका छन्। शव व्यवस्थापनमा समेत माथिको आदेश पर्खनुपर्ने अवस्था रहेको उनको गुनासो छ। बाढीमा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा बेपत्ता भएको उनले उल्लेख गरेका छन्।
Read full story at source (kendrabindu.com)