ब्रेकिङ समाचारमा अग्रणी कामना प्रकाशन
newsofnepal.com · Fri Dec 01 16:30:05 GMT 2023
देशको पहिलो निजी प्रकाश गृह कामना प्रकाशन समूह हाल कामना न्युज पब्लिकेसनले ३९ वर्ष पूरा गरी ४० वर्ष प्रवेश गरेकोमा सर्वप्रथम म देशभरका निजी विद्यालयको छाता संगठन प्याब्सनको तर्फबाट शुभकामना दिन चाहन्छु । नेपालमा पत्रकारिताको क्षेत्रमा कामना प्रकाशन समुहको योगदान महत्वपूर्ण छ ।
शुरूको आजको समाचारपत्र हालको नेपाल समाचारपत्र नेपालको विश्वसनीय पत्रिकाको रूपमा चित्रित भएको छ । दरबार हत्याकाण्डको समाचार ब्रेक गरेपछि नेपाल समाचारपत्रको उचाइ थामिनसक्नु थियो । पूर्व प्रधनमन्त्री मनमहोन अधिकारीको निधन होस् वा इराकमा १२ नेपालीको हत्याको समाचार लेखेर पत्रकारिता क्षेत्रमा मुख्य योगदान दिएको छ ।
Read full story at source (newsofnepal.com)