‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक गुरुङलाई
barnanmedia.com · Fri Sep 04 23:51:35 GMT 2026

पोखरास्थित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा गायक तथा सङ्गीतकार धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । शुक्रबार आयोजित संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२औँ स्मृति दिवसका अवसरमा गायक गुरुङलाई नगद रू ५१ हजारसहित सम्मान गरिएको हो ।
गुरुङ समुदायको भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
Read full story at source (barnanmedia.com)