आक्रोशित माइती पक्षले गरे घरमा तोडफोड, मध्यरातमा अवस्था तनावग्रस्त
annapurnapost.com · Sat Jun 13 01:08:43 GMT 2026

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका -१२ एक विवाहित महिलाको मृत्यु भएपछि माइती पक्ष र गाउँलेले घरमा तोडफोड गरेका छन् । शुक्रबार राती ८ बजेको समयमा आक्रोशित भीडले घरमा पार्क गरेको कारमा आगो लगाएका थिए । एक मोटरसाइकल र स्कुटिमा तोडफोड गरेका थिए । प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । घरका सबै सरसमान निकालेर फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पन्चलाल गोलेले बर्दिवास नगरपालिका - १२ डाँडाटोलका शशी सिंहको श्रीमती रिंकु कुमारी सिहं आफू सुत्ने कोठामा पंखा झुण्डयाउने सिलिङमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जनाएका छन्। उनले घटनाको अनुसन्धान भइरहेको बताए।
Read full story at source (annapurnapost.com)