बाँदरपीडित किसानले ‘कि जनता पाल, कि बाँदर पाल’ भन्दै गाउँपालिका घेराउ गरेपछि...
nagariknews.nagariknetwork.com · Sat Jun 13 01:23:25 GMT 2026

बाँदरपीडित किसानले जन्तेढुंगा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको जनाउँदै गाउँपालिकाका किसानले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्।
प्लेकार्ड बोकेर नाराबाजीसहित गाउँपालिकाको कार्यालय चिसापानी बजार पुगेका किसानले आफूहरूको माग गाउँपालिकाले पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। उनीहरूले गाउँपालिका प्रमुख अरुणादेवी राई र उपप्रमुख खेमबहादुर खड्कालाई भेटेर बाँदर आतंकलाई दीर्घकालीन समाधानको उपाय अपनाउन माग गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)