सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति
annapurnapost.com · Fri Jan 21 19:32:00 GMT 2022
काठमाडौं: सत्तारुढ दलले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको छ। बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तहकै निर्वाचनको पक्षमा सहमति गरेको हो।
त्यसका लागि सत्तारुढ दलले कानुनी परामर्श गरेर निर्णय लिने सहमति गरेको सहभागी एक नेताले बताए। यससँगै 'अर्ली इलेक्सन'को बहस समाप्त भएको छ। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्ली इलेक्सनको प्रस्ताव गरेपछि सत्तारुढ दलमै विवाद उत्पन्न भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आजको सम्बोधनमा तीन तहकै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि स्थानीय चुनावको मिति तोक्न दबाब दिँदै आएको छ।
Read full story at source (annapurnapost.com)