दीर्घकालीन निर्णय नगर्न शिक्षामन्त्रीको निर्देशन
nagariknews.nagariknetwork.com · Wed May 20 06:22:58 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयमा उपकुलपतिहरूको नियुक्ति प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्। उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग छलफल गर्न आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । विश्वविद्यालयको कामकाज र योजनाका बारेमा केन्द्रित अन्तरक्रियामा मन्त्री पोखरेलले शैक्षिक क्रियाकलाप र परीक्षाका बारेमा समेत चासो देखाएका थिए । छलफलमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामकारबाहीलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि निर्देशन दिए ।
विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालीन अवस्थामा उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाका बारेमा अन्तरक्रिया गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)