सिंहदरबारभित्रै अखाद्य वस्तु बिक्री : घुन लागेको दाल र फुटेको अण्डा भेटिएपछि दुई लाख जरिवाना
nagariknews.nagariknetwork.com · Sat Jun 13 01:57:29 GMT 2026

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले शुक्रबार गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो। विभागको टोलीले रु छ हजार पाँच सय ६० बराबरका ती अखाद्य वस्तु नष्ट गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)