निर्माण क्षेत्रमा संकट: व्यवसायीद्वारा मन्त्रिपरिषदबाटै 'बाधा अड्काउ फुकाउ' गर्न माग
ratopati.com · Wed May 20 06:38:14 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्यहरू ठप्प हुने स्थितिमा पुगेको भन्दै तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको छलफलमा महासंघका पदाधिकारीहरूले सार्वजनिक खरिद ऐनका जटिलता र व्यावहारिक समस्याहरूबारे ध्यानाकर्षण गराएका हुन् ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐनको दफा ५५ (१) मा अप्रत्याशित मूल्य वृद्धि भएमा समायोजन गर्ने स्पष्ट व्यवस्था भए पनि कर्मचारीहरूले त्यसलाई कार्यान्वयन गर्न नचाहेको बताए। उनले भने,' सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले बनाएको डकुमेन्टमा मूल्य समायोजन दिनुपर्ने उल्लेख छ, तर कर्मचारीहरूले पुराना ठेक्कामा 'लागु नहुने' गरी सम्झौतामा लेखेर व्यवसायीलाई मर्कामा पारेका छन् । भोलि अख्तियार वा बेरुजुको डरले कर्मचारीले निर्णय गर्न नसकेकाले अब मन्त्रिपरिषद्बाटै 'बाधा अड्काउ फुकाउ' मार्फत ठोस निर्णय आउनुपर्छ ।'
Read full story at source (ratopati.com)