प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा
barnanmedia.com · Sat Jul 04 11:49:50 GMT 2026

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा हुने कम्पनीले जनाएको छ । सभाबाट आईपीओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा समेत रहेको छ ।
Read full story at source (barnanmedia.com)