सर्वश्रेष्ठ खेलाडी बनेका अनुकेसलाई मोटरसाइकल पुरस्कार
gorkhapatraonline.com · Sat Sep 05 01:27:47 GMT 2026
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लबका शेर्मा सर्वश्रेष्ठ खेलाडी बन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको हो ।
फिदिम स्पोर्टिङ क्लबका कप्तानसमेत रहनुभएका शेर्मा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको हो । प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बन्नुभएका शेर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)