४४ अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग
annapurnapost.com · Sat Sep 05 01:27:41 GMT 2026

काठमाडौं : अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) मा आबद्ध ४४ वटा देशहरूको मन्त्रिस्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो।
पूर्वी टिमोरको डिलीबाट २६ बुँदासहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। एलडीसी ग्रुपको मन्त्रिस्तरीय बैठकमा सहभागी ४४ देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीरताप्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेका हुन्।
Read full story at source (annapurnapost.com)