चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिका
nepalipatra.com · Mon May 26 03:34:28 GMT 2025

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुन प्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्वबिचको सङ्घर्ष भोग्दै जान्छ । यो चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने छ ।
Read full story at source (nepalipatra.com)