राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजाअर्चना
gorkhapatraonline.com · Sat Sep 05 01:38:01 GMT 2026

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्णमन्दिरको दर्शन एवं पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल, प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्णमन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा छ । राष्ट्रपति पौडेललाई कृष्णमन्दिर परिसरमा सांसद जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)