अघिकांश विमान मानवीय त्रुटिका कारण दुर्घटना, हालसम्म ३७ वटा विमान दुर्घटना
aarthiknews.com · Sun May 29 06:29:00 GMT 2022
काठमाडौं । नेपालमा २०११ देखि हालसम्म ३७ वटा विमान दुर्घटनामा परेका छन् । त्यसमा १५ मल्टिइज्जिन विमान, १२ हलिकप्टर, ४ सिंगल इन्जिन विमान, ३ विदेशी विमान र ३ वटा मनोरञ्ज प्रयोजनका हलुका विमान दुर्घटनामा परेका छन् । नेपालमा विगत एक दशकको आँकडा हेर्दा घातक विमान दुर्घटनाहरू धेरैजसो मानवीय त्रुटिका कारण भएको उड्डयन नियामकले बताएका छन् ।
दुर्घटनापछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण शून्यप्रायः भएको बरु व्यवस्थापकीय पक्षमा चुक्दा दुर्घटनाहरू भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अधिकारीको भनाई छ । उनीहरूले त्यस्ता मानवीय त्रुटिलाई कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनको काममा जोड दिइएको बताएका छन् ।
Read full story at source (aarthiknews.com)