आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै
corporatenepal.com · Sat Jun 13 02:38:39 GMT 2026

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ ।
बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त हुनुहुन्थ्यो । लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नुपर्ला भन्ने कल्पना नगरेको बताउने उहाँ अहिले भने बसपार्क निर्माणको प्रक्रिया अघि बढेपछि संरचना खाली गर्न बाध्य हुनुभएको छ ।
Read full story at source (corporatenepal.com)