खानेपानी र विद्युतमा कर छुटको माग गर्दै माइतीघरमा प्रदर्शन
annapurnapost.com · Wed May 20 07:26:02 GMT 2026

काठमाडौं : खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । खानेपानीमा समेत कर लगाउँदा उपभोक्ता मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले खानेपानीमा लगाइएको कर छुट गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरूले विधुत महशुल छुटको समेत माग गरेका छन् । फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले फेडवासनले खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने प्रयास गरेको भन्दै तत्काल कर लगाउने निर्णय फिर्ता लिन माग गरे।
Read full story at source (annapurnapost.com)