भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार
khabarhub.com · Fri Aug 28 02:38:26 GMT 2026

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाहरूबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहानसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ।
प्रहरीका अनुसार बाढीमा बगेर आएका शवहरू रसुवासहित तल्लो तटीय क्षेत्रका विभिन्न आठ जिल्लामा फेला परेका हुन्। सबैभन्दा बढी चितवनमा १७८ र नवलपरासी (पूर्व) मा ११० जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
Read full story at source (khabarhub.com)