प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको ३ करोड १ लाख आर्थिक सहयोग
aarthiknews.com

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम उपलब्ध गराएको हो। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बैंकले जनाएको छ।
Read full story at source (aarthiknews.com)