रसुवामा ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
gorkhapatraonline.com · Thu Aug 27 07:25:10 GMT 2026

रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरमार्फत बिहीबार बिहानदेखि अहिलेसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट विभिन्न ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाका करिब चार हजार फौज परिचालन गरी समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको कार्य भइरहेको सेनाले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)