काठमाडौँ महानगरद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान
kendrabindu.com · Fri Jun 26 13:10:27 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर उक्त खोप प्रदान गरेकी हुन् ।
खोप प्रदान गर्दै उनले भनिन्, “अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ ।” रेबिज जोखिमको कुरा भएको उल्लेख गर्दै उनले भनिन्, “जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।”
Read full story at source (kendrabindu.com)