गूगल आइ/ओ २०२६ मा जेमिनी-सञ्चालित एन्ड्रोइड एक्सआर स्मार्ट ग्लास सार्वजनिक, फिचरयुक्त दुई नयाँ श्रेणी घोषणा
ictsamachar.com

काठमाडौं । मंगलबार आयोजना गरिएको गूगल आइ/ओ २०२६ कीनोटका क्रममा गूगल र स्यामसङ्गले आफ्ना नेक्स्ट-जेनेरेसन स्मार्ट ग्लासेस प्रदर्शन गरे । यी उत्पादनहरू निरन्तर विस्तार हुँदै गएको एन्ड्रोइड एक्सआर इकोसिस्टमको हिस्सा हुन्, जुन एक्सटेन्डेड रियलिटी (एक्सआर) डिभाइसहरूका लागि डिजाइन गरिएको हो ।
दुवै कम्पनीले एआई-पावर्ड ग्लासेसका दुई श्रेणी घोषणा गरेका छन्, जसमा अडियो ग्लासेस र डिस्प्ले ग्लासेस समावेश छन् । यी दुवै जेमिनी एआईमा चल्छन् । यी स्मार्ट ग्लासेसको उद्देश्य प्रयोगकर्तालाई स्मार्टफोन पटक–पटक नहेरीकन ह्यान्ड्स-फ्री असिस्टेन्स उपलब्ध गराउनु हो ।
Read full story at source (ictsamachar.com)