बाँकेका भैंसीपालक किसान यादवलाई उत्कृष्ट कृषक पुरस्कार
gorkhapatraonline.com · Fri Jun 05 03:31:51 GMT 2026

बाँकेको डुडुवा गाउँपालिका–३, हल्कारापुर्वा गाउँका रामसुहावन यादवलाई राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्रदान गरिएको छ। जिल्लाकै सबैभन्दा बढी भैंसीपालन हुने गाउँका रूपमा परिचित उक्त क्षेत्रमा २० वर्षदेखि व्यावसायिक रूपमा भैंसीपालन तथा डेयरी व्यवसाय गर्दै आउनुभएका यादवलाई उक्त सम्मान प्रदान गरिएको हो।
राष्ट्रपतिबाट दुई लाख रुपियाँ नगदसहितको उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेपछि यादव अहिले उत्साहित हुनुहुन्छ। पुरस्कार ग्रहण गरेर गाउँ फर्किनुभएका उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो, “मेरो पुर्खौंदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु। अरुलाई पनि मिहिनेतका साथ व्यावसायिक रूपमा पशुपालन गर्न आग्रह गर्छु। यस क्षेत्रमा भविष्य राम्रो छ।”
Read full story at source (gorkhapatraonline.com)