तीन दशकपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनको बाटोमा
annapurnapost.com · Sat Jun 13 03:26:26 GMT 2026

काठमाडौं : २०४६ सालको राजनीतिक परिवर्तनपछिको पहिलो निर्वाचित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले तत्कालीन सचिव रामबहादुर रावलको नेतृत्वमा ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ गठन ग¥यो। २०४९ सालमा बनेको रावल आयोगले दुई वर्षको अनुसन्धानपछि १८ सयभन्दा बढी रोपनी जग्गा अतिक्रमण भएको पत्ता लगायो। सरकारलाई प्रतिवेदन बुझायो।
तर त्यो प्रतिवेदन कार्यान्वयनको त परै जाओस्, ३१ वर्षसम्म गुपचुप नै राखियो। तर, शुक्रबारको मन्त्रिपरिषद्को बैठकले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने, ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।’ योसँगै तीन दशकदेखि थन्किएर बसेको रावल आयोगको प्रतिवेदन कार्यान्वयनको बाटो खुलेको छ।
Read full story at source (annapurnapost.com)