मोदीले मेलोनीलाई दिए ‘मेलोडी’ उपहार, सामाजिक सञ्जालमा भाइरल
annapurnapost.com · Wed May 20 08:14:23 GMT 2026

इटाली : इटली भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई ‘मेलोडी’ टफी (चक्लेट) उपहार दिएका छन् । मेलोनीले आफैं यो रमाइलो ‘मेलोडी’ क्षणको भिडियो शेयर गरेकी छन्, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशको भ्रमणको अन्तिम चरणमा इटलीको राजधानी रोम पुगेका छन् ।
यस भ्रमणका क्रममा महत्वपूर्ण कूटनीतिक छलफलबीच एउटा निकै रोचक र रमाइलो घटना सार्वजनिक भएको छ । प्रधानमन्त्री मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई ‘पार्ले मेलोडी’ चकलेटको प्याकेट उपहार दिएका हुन् । यसको भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ। यो भिडियो स्वयं प्रधानमन्त्री मेलोनीले आफ्नो एक्स ह्यान्डलमार्फत शेयर गरेकी हुन् ।
Read full story at source (annapurnapost.com)