रसुवा बाढीमा अहिलेसम्म ४६९ को शव फेला, १५४५ जनाको उद्दार
clickmandu.com · Fri Aug 28 02:41:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ४६९ जनाको शव फेला परेको हो ।
शव फेला पर्नेमा सबैभन्दा धेरै चितवनमा १७८ जना र नवलपरासी पूर्वमा ११० जना रहेका छन् । यसैगरी गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (clickmandu.com)