भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन
reportersnepal.com · Fri Aug 28 02:42:10 GMT 2026

काठमाडौं, १२ भदौ । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्र काटेर परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार स्थगित परीक्षाहरूको संशोधित तालिका परिस्थितिको मूल्याङ्कन गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ।
Read full story at source (reportersnepal.com)