एमाले नेताको प्रश्न : सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने हो कि चामल बाँड्ने?
himalpress.com · Sat Sep 05 03:33:54 GMT 2026

काठमाडौँ- नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्। उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन्।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो कि स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनले विपद्का बेला नेपाली सेनालाई उद्धार तथा ज्यान बचाउने काममा केन्द्रित गर्नुपर्नेमा राहात वितरणको जिम्मेवारी दिनु उपयुक्त नभएको जनाए। सेनाको मुख्य जिम्मेवारी उद्धार हो कि राहत वितरण रु आचार्यले प्रश्न गरेका छन्।
Read full story at source (himalpress.com)