चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या
canadanepal.com · Wed May 20 08:54:38 GMT 2026

चितवन - समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिए । उनका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।
पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उनले भने, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि अलि छिटो आएको छ । तथापि चारदेखि साढे चार महिनासम्म भुक्तानी बाँकी रहनु, रकम जति भए पनि, राम्रो पक्ष होइन ।” उनले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह रहेको बताए।
Read full story at source (canadanepal.com)