आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै
ratopati.com · Sat Sep 05 03:35:15 GMT 2026

पाल्पा । नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो ।
आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका-३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने सञ्चालक समितिका अध्यक्ष महर्जनले जानकारी दिए । विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच भने नहुने उनको भनाइ छ । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागिएको महर्जनले बताए।
Read full story at source (ratopati.com)