सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न
corporatenepal.com · Wed May 20 09:01:23 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए ।
प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
Read full story at source (corporatenepal.com)