थारू समुदायले मनाए अस्टिम्की
gorkhapatraonline.com · Sat Sep 05 03:52:10 GMT 2026

थारू समुदायका महिलाले शुक्रबार मौलिक कला, संस्कृति र परम्परा संरक्षण गर्दै अस्टिम्की पर्व मनाएका छन् । श्रीकृष्णजन्माष्टमीका दिन मनाइने अस्टिम्कीमा थारू महिलाले सामूहिक रूपमा पूजा गर्नुका साथै मौलिक गीत गाउने, भित्तेचित्र बनाउने र परम्परागत पोसाक तथा गरगहनामा सजिएर पर्व मनाउने गर्छन् ।
परम्परागत पहिरनमा सजिएका थारू महिला सालको टपरीमा चामल, घुनेस्राको फूल, ज्यामिरे, दियोलगायत पूजाका सामग्री लिएर मटावाँको घरमा भेला भएका थिए । मटावाँको घरको बैठककोठाको उत्तरतर्फको भित्तामा बनाइएको अस्टिम्की चित्रमा पूजा गर्दै उनीहरूले सामूहिक रूपमा अस्टिम्की गीत गाएका थिए ।
Read full story at source (gorkhapatraonline.com)