जनैपूर्णिमामा अन्नपूर्णको फेँदीमा रहेको खयरभारानीमा भक्तजनको भीड
gorkhapatraonline.com · Fri Aug 28 02:47:32 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित अन्नपूर्ण साउथ हिमालको फेँदीमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानीमा शुक्रबार जनैपूर्णिमाको अवसरमा बिहानैदेखि भक्तजन तथा धार्मिक पर्यटकको भीड लागेको छ। मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनले खयरभारानीको दर्शन तथा पूजाअर्चना गर्दै आफूले चाहेको वर मागेका छन्।
बिहीबार पर्यटकीयस्थल खोप्रालेक हुँदै खयरखोलामा पुगेर बास बसेका भक्तजन शुक्रबार बिहानै खयरभारानीको दर्शनका लागि अन्नपूर्ण साउथ हिमालको फेँदीतर्फ उकालो लागेका थिए। अन्नपूर्ण साउथ हिमालको फेँदीमा रहेको खयरतालको छेउमा खयरभारानी देवीको पवित्र थान अवस्थित छ।
Read full story at source (gorkhapatraonline.com)