काठमाडौँ उपत्यकामा थपिए ९९९ जना कोरोना संक्रमित
deshsanchar.com · Mon Jul 26 11:09:37 GMT 2021
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Read full story at source (deshsanchar.com)