टेलिकमको गाडी दुर्घटनाः प्रमुखसहित ३ जनाको मृत्यु
saralpatrika.com · Tue May 27 07:22:55 GMT 2025
काठमाडौं। बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाजुरास्थित टेलिकम कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो।
Read full story at source (saralpatrika.com)