चन्द्रमाको सतहमा काम गर्न अन्तरिक्ष यात्रीलाई तालिम दिने ‘लुनार टेस्ट साइट’ निर्माण गर्दै रुस
onlinekhabar.com · Sat Jul 04 14:49:43 GMT 2026

रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्नका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्ने उद्देश्यले जमिनमै आधारित एक विशेष नमुना संमिश्रण (ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स) निर्माण गरिरहेको छ। एफएमबीएका एक अधिकारीले रूसी समाचार संस्था टास लाई यसको जानकारी दिएका हुन्।
उक्त अधिकारीले टाससँग भनेका छन्, ‘एफएमबीए अन्तरिक्ष चिकित्सा र जीवविज्ञान केन्द्रले यस क्षेत्रको विकास गरिरहेको छ र यसलाई रुसी अन्तरिक्ष उद्योगको रणनीतिक प्राथमिकताहरूमध्ये एकको रूपमा हेरेको छ। विशेष गरी, उनीहरू ‘लुनार टेस्ट साइट’ को निर्माणमा जुटिरहेका छन्, जसले चन्द्रमाको सतह जस्तै वातावरण तयार पार्नेछ र अन्तरिक्ष यात्रीहरूलाई त्यहाँ काम गर्नका लागि प्रशिक्षित गर्नेछ।’
Read full story at source (onlinekhabar.com)