आयोगका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता मौलायो : अध्यक्ष मगर
thahakhabar.com

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेका सिफारिस न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
मङ्गलवार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आयोगले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आएको भए पनि गरिएका सिफारिस कार्यान्वयन न्यून रहेको बताए। उनले क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिस कार्यान्वयन नभएको गुनासो गरे।
Read full story at source (thahakhabar.com)