खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
kendrabindu.com · Sat Jun 13 05:24:00 GMT 2026

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको खलङ्गा–खार सडकखण्ड अझै अधुरै छ । आर्थिक वर्ष २०७५/०७६ मै प्रदेश गौरवको सडक घोषणा गरिएको यो योजनामा हालसम्म सात किलोमिटर क्षेत्रमा समेत प्रभावकारी काम हुन सकेको छैन ।
खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो दूरीको यो सडक निर्माण अधुरै हुँदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सदरमुकाम खलङ्गादेखि दल्लेखसम्मको करिब १५ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पुर्याएको सात किलोमिटर क्षेत्रमा अझै काम अघि बढ्न सकेको छैन ।
Read full story at source (kendrabindu.com)