विश्वकप छनोट फुटबल : यूएईसँग फराकिलो अन्तरले हार्यो नेपाल, अब पाँच खेलको भर
ratopati.com · Thu Nov 16 23:37:00 GMT 2023
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।
नेपाली टोली खेलको पहिलो हाफमै ४-० गोलले पछाडि परेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो ।
Read full story at source (ratopati.com)