कर्णालीको विकास खर्च साढे २१ प्रतिशतमात्रै
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
सुर्खेत। चालु आर्थिक बर्षको १० महिनामा कर्णाली प्रदेश सरकारले विकास खर्च २१.५३ प्रतिशतमात्रै छ। वैशाख मसान्तसम्म कर्णाली सरकारले कुल बजेटको २९.३ प्रतिशत खर्च गरेकोमा विकास खर्च जम्मा २१.५३ प्रतिशत मात्रै छ । यही अवधिमा चालुतर्फको बजेट खर्च ४१.३७ प्रतिशत छ ।
गत वर्ष यही अवधिमा प्रदेश सरकारले ३२.६५ प्रतिशत बजेट खर्च गरिसकेको थियो । तलब-भत्ता र प्रशासनिक खर्चतर्फको बढ्नु र विकास बजेट खर्च नहुनुले कर्णाली प्रदेश सरकार विकास बजेट भन्दा चालुतर्फको बजेट खर्चमा केन्द्रित रहेको देखिएको छ ।
Read full story at source (hamrakura.com)