सरकार प्रमुखका रूपमा इटालीमा मेलोनीको कीर्तिमान
barnanmedia.com · Sat Sep 05 04:39:44 GMT 2026

काठमाडौं । प्रधानमन्त्री जोर्जिया मेलोनीले इटालीमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाएकी छन्। इटालीयन समाचार एजेन्सी ‘अन्सा’का अनुसार उनले शुक्रबार एक हजार ४१३ दिन सरकारको नेतृत्व पूरा गर्दै यो कीर्तिमान कायम गरेकी हुन् ।
मेलोनीले सन् २०२२ अक्टोबर २२ मा पदभार ग्रहण गरेकी थिइन् । यसअघि सन् २००१ जुन ११ देखि २००५ अप्रिल २३ सम्म एक हजार ४१२ दिन टिकेको सिल्भियो बर्लुस्कोनीको दोस्रो सरकारको नाममा यो रेकर्ड थियो ।
Read full story at source (barnanmedia.com)