दुर्घटनामा २ महिलाको मृत्यु
annapurnapost.com · Sat Jul 04 15:20:45 GMT 2026

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका दुई फरक–फरक दुर्घटनामा घाइते भएका दुई जना महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। दुवै घटना फरक समयमा भएका हुन्। घाइते महिलाहरूले उपचारका क्रममा मृत्यु भएको हो। कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सीटी सफारी शनिबार बिहान करिब ११:५५ बजेतिर लेटाङ नगरपालिका–३ मा आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चार जना घाइते भएका थिए।
प्रहरीका अनुसार घाइतेमध्ये लेटाङ नगरपालिका–४ सिद्धार्थ लाइनकी ६० वर्षीया सन्चमाया लावतीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारका लागि लेटाङस्थित एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो। तर, अस्पताल पुर्याउनासाथ शनिबार दिउँसो करिब १ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)