भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल
rajdhanidaily.com · Sat Sep 05 04:50:51 GMT 2026

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी बाढीपश्चात सम्पर्कविहीन भएका दाजु, भाउजु र छोराको कि सास कि लासको पर्खाइमा छन् । भदौ १० गते आएको बाढीपश्चात् उहाँका लागि अहिले दिनहरू टोलाएर बिताउने माध्यम बनेका छन् ।
बाढीपछि रोकायका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र भाउजु विष्णुमती सम्पकैविहीन छन् । रसुवा भन्सार कार्यालय टिमुरेस्थित पार्किङमा काम गर्ने रोकायका दाजु र भाउजुसँगै गोसाइँकुण्ड घुम्न गएका छोरा दिपकको अवस्था हालसम्म अज्ञात छ । घटना भएको ११ दिनसम्म पनि कुनै जानकारी नपाएपछि पीडामाथि थप पीडा भएको रोकायले बताउनुभयो । गोसाइँकुण्ड घुम्न गएका छोरासहित दाजु, भाउनु गुमाउँदाको पीडाले उहाँका आँसु रोकिएका छैनन् ।
Read full story at source (rajdhanidaily.com)