भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
rajdhanidaily.com · Sat Sep 05 04:54:32 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव फेला परेको छ भने चार हजार ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४ सय ८९ पुरुष तथा ५ सय १ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अझै चार हजार ८ सय ९८ जना सम्पर्कविहीन छन् ।
Read full story at source (rajdhanidaily.com)