ढुङ्गा लागेर बालकको मृत्यु
gorkhapatraonline.com · Wed May 20 10:15:25 GMT 2026

माथिबाट खसेको ढुङगा लागेर अदानचुली गाउँपालिका –६ स्थित पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ । जेठ ५ गते बेलुकीको समयमा आफ्नै घरबाट सोही ठाउँको कालागाडमा रहेको पसलमा जाने क्रममा बालकलाई बिचबाटोमा ढुङगा लागेर घाइते भएका थिए ।
माथिबाट ढुङगा खसेपछि बालकको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते बालकलाई सोही दिन आफन्तले साँझ साढे ८ वजे अदानचुली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि लग्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)