‘विदेशीलाई दिए भइहाल्छ’ भन्ने सोच नै गलत
annapurnapost.com · Sat Sep 05 04:53:57 GMT 2026

सुरुङभित्रको उद्धार कार्य बाहिर सोचेजस्तो सरल हुँदैन; यो अत्यन्त जटिल र जोखिमपूर्ण हुन्छ। भित्रको कठिन भूगोल र ढुंगा—माटोको अवस्था हेरेर मात्र काम अघि बढाउनुपर्ने भएकाले बाहिरजस्तै तीव्र गतिमा काम गर्न असम्भव प्रायः हुन्छ।
अहिले हामीले सुरुङको मुख पहिचान गरी निरन्तर ढुंगा, लेदो र भत्किएका संरचनाहरू हटाउने काम गरिरहेका छौं। त्रिशूली थ्री ‘ए’ को उद्धारका क्रममा घरभन्दा ठूला २४ वटा चट्टानहरू फुटाउनु परेको थियो, जहाँ भारी उपकरण, स्काभेटर तथा ड्रिलिङ प्रविधिको प्रयोग गरियो। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सबैभन्दा छोटो र प्राविधिक रूपमा उपयुक्त मार्गबाट करिब १ सय ६० मिटर सुरुङ खोल्यो। भित्रबाट आवाज सुनिएपछि उद्धारकर्ताले फसेका मानिसहरूसँग संवाद गर्न सफल भए। त्यसपछि कार्यलाई तीव्र पार्दा दुई जनालाई जीवितै र एक जनालाई मृत अवस्थामा बाहिर निकालियो। सुरुङको माथिल्लो भागमा रहनेहरूको जीवित रहने सम्भावना बढी हुन्छ, तर तल्लो भाग लेदोले भरिएकाले त्यहाँ खोजतलास गर्नु अझै चुनौतीपूर्ण छ। धेरैलाई लाग्न सक्छ— मेसिन छाडेर बेल्चाले किन खनियो ? वास्तविकता के हो भने, संसारको कुनै पनि ठूलो मेसिन यस्तो सुरुङभित्र छिर्नै सक्दैन।
Read full story at source (annapurnapost.com)