नेपाल-भारत सीमास्तम्भ मर्मतको समीक्षा,संयन्त्रलाई सक्रिय बनाउने सहमति
kathmandupati.com · Sat Jun 13 06:02:46 GMT 2026

सुरुङ्गा झापा- नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ ।
नापी विभाग, सीमा शाखा काठमाण्डुको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो ।
Read full story at source (kathmandupati.com)