‘अल टाइम’ उच्च विन्दुमा नेप्से,लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण
nayapatrikadaily.com · Tue Aug 03 10:59:00 GMT 2021
‘अल टाइम’ उच्च विन्दुमा नेप्सेले प्रवेश पाएको छ। मंगलबार नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर तीन हजार १ सय ११ विन्दुमा पुगेर पहिलोपटक बन्द भएसँगै उच्च रेकर्ड बनाउन सफल भएको हो।
जसमा लघुवित्त संस्थामा लगानीकर्ताको आकर्षण बढाएका छन्। नेप्सेमा नयाँ उचाइमा पुगेसँगै कारोबार रकममा पनि सुधार आएको हो। अघिल्लो दिन १० अर्बमा सीमित हुँदा यस दिन सेयर खरिद विक्रिमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। बढेको नेप्सेमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्था बस्दा सेयर कारोबारमा कमि आएको लगानीकर्ताहरु बताउँछन्। अहिले लगानीकर्ताले मौन्द्रिक नीति पर्खाइमा बसेको हुँदा पनि लगानीकर्ताहरु खुलेर बजारमा लाग्न सकेका छैनन्। फलस्वरुप ‘पर्ख र हेर’मा लगानीकर्ता बस्नु स्वाभाविक रहेको सेयर विश्लेषकहरु बताउँछन्।
Read full story at source (nayapatrikadaily.com)