सिमा विवाद: झडपमा घाइते ४ जनाको हेलिकप्टरमार्फत उद्धार
kendrabindu.com · Wed May 20 10:46:37 GMT 2026

बाजुरा । बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा भएको झडपमा घाइते ६ जना मध्ये ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबिच भएको विवादमा घाइते ४ जनालाई घण्टौ पछि उद्धार गरि सुर्खेत लगिएको हो ।
झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।
Read full story at source (kendrabindu.com)