बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियो
kendrabindu.com · Wed May 20 10:52:30 GMT 2026

बाजुरा । जिल्ला समन्वय समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले प्रधानमन्त्री बालेन्द्र शाहले बाजुराको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको शक्तिपिठ दिव्य भूमी बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’को संज्ञा दिनुले ‘सुनमा सुगन्ध’ थपिएको बताएका छन् ।
रोकायाले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको र प्राकृतिक हिसाबमा समेत प्रचुर सम्भावनायुक्त क्षेत्रलाई चर्चित व्यक्तिको यस्तो संज्ञाले थप ‘सुनमा सुगन्ध’ थपिएको टिप्पणी गरे।बडीमालिकामा अथाह धार्मिक,प्राकृतिक तथा पर्यटन सम्भावना भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा रहेको अवस्थामा बालेन्द्र शाहको यस्तो अभिव्यक्तिले झनै चर्चा चुलिएको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)